बलिउड सिनेमा ‘रामायण’को टिजर रिलिज भएको छ । यसको शीर्षक ‘रामा’ राखिएको छ । नमित मल्होत्राको सिनेमा ‘रामा’ले भगवान रामको जीवनका विभिन्न अध्यायहरूको झलक प्रस्तुत गरेको छ ।
टिजर पूर्णतया रणवीर कपूर अर्थात् राममा केन्द्रित छ । हनुमान जयन्तीमा टिजर रिलिज भए पनि फ्यानहरूले हनुमानको झलक हेर्ने आशा गरेका थिए, तर हनुमान टिजरमा अटनएनन् ।
‘रामायण’ दुई भागमा रिलिज हुनेछ । पहिलो भाग २०२६ को दिवालीमा रिलिज हुने तालिका छ । अर्को भाग २०२७ मा आउनेछ । नितेश तिवारीद्वारा निर्देशित यस चलचित्रमा रणवीर कपूर रामको भूमिकामा, साई पल्लवी सीताको भूमिकामा, यश रावणको भूमिकामा, सनी देओल हनुमानको भूमिकामा र रवि दुबे लक्ष्मणको भूमिकामा देखिनेछन् । अमिताभ बच्चन र लारा दत्ता पनि मुख्य भूमिकामा देखिने अपेक्षा गरिएको छ ।








