अक्षय र टाइगरको ‘बडे मियाँ छोटे मियाँ’को ट्रेलर रिलिज

बलिउड अभिनेता अक्षय कुमार र टाइगर श्राफ १० अप्रिल ईदको अवसरमा ‘बडे मियाँ छोटे मियाँ’ लिएर आउँदैछन् । सोही दिन रिलिज हुन लागेको अजय देवगनको ‘मैदान’सँग उनीहरुको भिडन्त हुनेछ । यो फिल्मको ट्रेलर लञ्च कार्यक्रममा अक्षयले टाइगरलाई रोचक सल्लाह दिएका छन् ।

अली अब्बास जफरको फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को ट्रेलर २६ मार्चमा रिलिज भएको थियो । यसको लन्च कार्यक्रममा अक्षय कुमार र टाइगर श्राफ सहित सम्पूर्ण स्टार कास्ट उपस्थित थिए। दुई कलाकारबीचको रोमान्स यहाँ प्रष्ट देखिन्थ्यो । मुम्बईमा भएको कार्यक्रममा पृथ्वीराज, मानुषी छिल्लर र अलाया एफ पनि देखिएका थिए ।


ताजा खबर