आफ्नै चलचित्रको प्रचारकालागि पारिश्रमिक माग्ने अभिनेत्री उपासना !

यतिबेला चलचित्र ‘डिसेम्बर फल्स’को लागि प्रचार प्रसारमा कलाकारको दौडधुप निकै देखिन्छ । तर यस चलचित्रको प्रचारमा अभिनेता आर्यन सिग्देल र यस चलचित्रका निर्देशन तथा निर्माता रामप्रसाद रिजाल मात्रै दौडीरहेका छन् । यस चलचित्रकी अभिनेत्री उपासना सिंह ठकुरी कहि कतै प्रचारमा नहिडेपछि उनको विषयमा चर्चा चल्न थालेको छ । चर्चा हुनुको कारण भने उनी आफुलेनै अभिनय गरेको चलचित्रको प्रचारप्रसारमा हिड्नकालागि मागेको परिश्रमिक ।

मेरो फिल्म अनलाइन र्पोटलका अनुसार उपासनाले चलचित्रको प्रचारका लागि पारिश्रमिक मागेपछि निर्माणपक्षले कलाकारको सञ्चारमाध्यमसँग अन्तरवार्ता ढिलो सुरु गर्नु परेको हो ।

उपासनाले भने यो फिल्मलाई लिएर आफू गम्भिर रहेको बताउँदै आएकी छिन् । फिल्ममा आफूले अभिनय देखाउन पाएको उनको तर्क छ । तर, फिल्म रिलिजको दिन नजिकिदै जाँदा अभिनेत्रीले हरेक दिन प्रचारमा हिडेको पारिश्रमिक माग्दा निर्मातालाई भने समस्या भएको मेरो फिल्म डटकमले लेखेको छ । यद्यपी यो समाचार अहिले उत्त पोर्टलबाट हटाइएको छ ।

यस विषयमा हामीले सोहि पोर्टलका एक रिपोटरलाई सोध्दा उनी यस बिषयमा केही पनि बोल्न चाहेनन् । जे होस् चलचित्रमा आर्यन र उपासनाको साथमा नागेन्द्र रिजाल, सलोन बस्नेत, नरेश भट्टराई लगायतका कलाकारको अभिनय छ । फिल्मलाई रामप्रसाद रिजालले निर्देशन गरेका हुन् ।

चलचित्रकोे रिलिज समय ३ दिन बाँकी रहँदा कस्तो ब्यापार गर्ने हो त्यो सोही दिनबाटै थाहा भैहाल्छ । अभिनेत्री उपासनाले चलचित्रको प्रचारमा साथ नदिएकै कारण केही हदसम्म चलचित्रलाई नेक्सानी भने हुने नै देखिन्छ ।


ताजा खबर