प्रेमी विष्णु सापकोटासँग एलिना चौहानको ब्रेकअप

गायिका एलिना चौहानको केही समय अघि प्रेम चर्चा निकै भएको थियो ।

‘धोकेबाज गायिका’ को उपमा पाएकी एलिनाको प्रेम सम्बन्धको चर्चा सेलाउन नपाउँदै यतिबेला ब्रेकअपको खबर बाहिरिएको छ ।

एलिनाको अष्ट्रेलियामा बस्ने विष्णु सापकोटासँग ब्रेकअप भएको हो । यी दुईले सामाजिक संजालमा लाइभमा आएर आफूहरूको प्रेम स्विकार गरे गरेका थिए भने एकसाथ थुप्रै टिकटक पनि बनाएका थिए । एलिनाको प्रेमसम्बन्ध ठीक एक वर्ष अगाडि सार्वजनिक भएको थियो । गत वर्षको तिजमा सांगीतिक प्रस्तुतिका लागि एलिना अष्ट्रेलिया जाँदा विष्णुलाई भेटेकी थिइन् । त्यसको ६ महिनापछाडि उनीहरूको अफेयर मिडियामा आएको हो ।

विष्णुसँगको ब्रेकअप भएको खबरहरु सार्वजनिक भएसँगै गायिका एलिनाले समेत पुष्टि गरेकी छन् । जुन कुरा एलिना आफैँले केही मिडियालाई दिएको जनाकारीबाट पुष्टि हुन्छ ।

एलिनाले भनेकी छन्, ‘यो बिषय बाहिर आएको थिएन । विष्णुसँग मेरो केही अगाडि नै ब्रेकअफ भएको हो । ब्रेकअपपछि म केही समय तनावमा थिएँ । अब म त्यो प्रेम सम्झन चाहन्नँ । त्यसबाट पनि अहिले राहत पाइसकेकी छु।’ आफू विष्णुलाई भुलेर अगाडि बढिसकेको समेत उनको भनाइ छ ।

एलिनाले विष्णुसँग विवाहको योजनासमेत बुनिरहेकी थिइन् । यही वर्षको मंसिर विवाह हुन सक्ने उनी आफ्ना साथीहरूलाई बताउने गर्थिन् । अहिले यी दुईले आफूहरूको सामाजिक संजालबाट एकअर्कासँग खिचिएको तस्विर समेत हटाएका छन् ।

‘धोकेबाज हौ तिमी’ बोलको गीतले एलिनालाई चर्चाको शिखरमा पुर्‍याएको छ । यही गीतका कारण देश तथा विदेशका स्टेज शोहरुमा उनको चर्को माग छ । विष्णु भने लोकदोहोरी प्रतिष्ठाको अष्ट्रेलिया शाखाका अध्यक्ष हुन् । उनी गीत पनि गाउँछन् ।


ताजा खबर