विकिनी अवतारमा नम्रताको ‘योगा’

नायिका नम्रता सापकोटा फिल्मले भन्दा पनि निजी जीवनका कारणले बढी चर्चामा हुने गरेकी छिन् । जति बल गरे पनि उनको अभिनय र फिल्मलाई दर्शकले रुचाएनन् । तर नम्रतालाई स्क्यान्डलले भने गज्जबले साथ दिएकै हुन्छ ।

कहिले फिल्म क्षेत्रमा ‘नेपोटिज्म’ हाबी भएको बताउँदै तर्क गर्ने नम्रता कहिले ओशो सन्न्यासी बनेका कारण त, कहिले ‘बिहे नगरी बच्चा पाउन चाहन्छु’ भनेर चर्चामा आउँछिन् । यति बेला उनी योग गुरु भएसँगै चर्चामा छिन् ।

नम्रताले अभिनय गरेको फिल्म ‘डेसान’ गत वर्ष बक्स अफिसमा असफल भयो । यति बेला नम्रताको हातमा फिल्मको अफर खासै छैन । उनको रिलिज हुने भनेको फिल्म ‘नम्बरी सुन’ प्रदर्शन मिति परिवर्तन गर्दै भागेको भागै छ । सुरुमा यो फिल्म गत भदौ १ गते रिलिज हुने भनिएको थियो । यसपछि नयाँ रिलिज मितिसहितको पोस्टर सार्वजनिक गर्दै माघ १९ मा प्रदर्शन हुने जानकारी गराइयो । अहिले यो मितिमा पनि फिल्म प्रदर्शन नहुने भइसकेको छ । अब कहिले रिलिज हुन्छ त्यो पनि टुङगो छैन । तर, नम्रतालाई निजी जीवनले चर्चामा आउन साथ दिए पनि फिल्मले साथ नदिँदा केही हदसम्म समस्या भने भएको छ ।

जे जति गरे पनि केही नलाग्ने रहेछ भन्दै पछिल्ला वर्षहरूमा ओशोमा लागेकी नम्रता यति बेला भारत केरलामा टिचर्स ट्रेनिङको कोर्स पनि गरिरहेकी छिन् । उनले केरलाको शिवानन्द आश्रमबाट योगा सिकेकी हुन् । यही आश्रमबाट उनले योगा गुरुको प्रमाणपत्र समेत लिएकी छिन् ।

कलाकारितासँगै ओशो सन्न्यासीका रूपमा जीवनलाई सहज र स्वच्छन्द ढंगले अगाडि बढाइरहेकी नम्रता केही दिन अघि केरलामा योग गुरुको अवतारमा प्रस्तुत भइन् ।

योग गुरु भइरहँदा नम्रता केरलाको सामुद्रिक तटमा भने विकिनी अवतारमा प्रस्तुत भइन् । उनी विकिनी अवतारमा निकै बोल्ड देखिएकी छिन् । उनै नम्रताको हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्बिर हेर्दा ‘धरैले विकिनी अवतार कुनै ध्यान होला ?’ भनेर सोचेका छन्।


ताजा खबर