‘द नेशनल डिजाइनर रनवे’को प्रथम चरण अडिसन सम्पन्न

फेसन डिजाइनर र मोडलहरुका वृहत प्रतियोगितात्मक शो ‘द नेशनल डिजाइनर रनवे २०२४’ को चौथो संस्करणका लागि शनिबार काठमाडौंमा प्रथम चरणको अडिसन गरिएको छ । मोडल सङ्स नेपालको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरको टेस्ट टाउन फूड कोर्टमा अडिसन गरिएको हो ।

अडिसनमा सञ्चारकर्मी सरोज ओझा, पूर्व मोडल एवम् महिला उद्यमी रुवी महतो, डिजाइनर रन वे दोस्रो संस्करणका विजेता विप्लवराज नागर नहर र उपविजेता सरला डङ्गोल निर्णायक थिए । सहभागी डिजाइनरहरुले डिजाइन शो र मोडलहरुले ¥याम्प वाकसहित अडिसन दिएका थिए ।

निर्णायक सरोज ओझाका अनुसार अडिसनमा २५ जना डिजाइनर र ६० जना मोडलहरु सहभागी थिए । ‘अडिसनमा व्युटी प्याजेन्ट विजेता मोडल र दिग्गज फेसन डिजाइनहरु सहभागी हुनुहुन्थ्यो’, उनले भने ।

मोडल सङ्स नेपालकी प्रबन्ध निर्देशक स्वस्ती दंगालले चौथो संस्करणको द नेशनल डिजाइनर रनवेको फिनाले आगामी फेब्रुअरी २८ मा सुकुटे बिचमा गरिने बताइन् । उनले प्रतियोगितामा फेशन डिजाइनरहरुले तयार पारेको पहिरनमा मोडलहरु ¥याम्पमा उत्रिएर प्रस्तुत हुने जानकारी दिइन् । ‘डिजाइन र ¥याम्प वाकका आधारमा विजेता घोषणा गरिनेछ’, उनले भनिन् ।


ताजा खबर