अनमोलको ‘फर्की फर्की’ विदेशमा धमाधम विक्री हुँदै

अनमोल केसी स्टार फिल्म ‘फर्की फर्की’को विदेश अधिकार धमाधम विक्री भइरहेको छ । फिल्मका निर्माता रोहित अधिकारीका अनुसार, ट्रेलर रिलिजपछि विदेशबाट फिल्मको उच्च माग बढेको हो ।

जेठको १० गते नेपालसँगै विदेशका अधिकांश ठाउँमा रिलिज गरिने यो फिल्मलाई जापानमा सुभाष लामिछानेले वितरण गर्ने पक्का भएको छ । यस्तै, दक्षिण कोरियामा फिल्मको वितरणको अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रा.लिले लिएको छ ।

यस्तै, नेपाली फिल्मका लागि सर्वाधिक राम्रो मानिएको अष्ट्रेलियाको बजारमा ब्ल्याक आई क्रियशनले फिल्म वितरणको जिम्मा लिएको छ । हङकङमा भने फिल्मलाई ओपिजी फिल्मस्ले विक्री गर्नेछ ।

सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल लगायतका कलाकारको अभिनय छ ।


ताजा खबर