‘फर्की फर्की’को शीर्ष गीतमा अनमोल र जसिताको रोमान्स

नायक अनमोल केसीको फिल्म ‘फर्की फर्की’को शीर्ष गीत सार्वजनिक भएको छ ।

निर्माण पक्षले शनिबार ‘फर्की फर्की’ शीर्षकको गीत सार्वजनिक गरेका हुन् । गीतमा अनमोल केसी र जसिता गुरुङको रोमान्स देख्न सकिन्छ ।

यस फिल्मको ट्रेलर यसअघि नै सार्वजनिक गरिएको छ र ट्रेलरले राम्रो रेस्पोन्स समेत पाएको छ ।

फिल्मलाई सुयोग गुरुङले लेखन तथा निर्देशन गरेका हुन् । ओम प्रकाश अग्रवाल र रोहित अधिकारीको निर्माण रहेको फिल्मका सह-निर्माता मनोज ओली र रामु न्यौपाने तथा मोती कार्की र अनिरुद्ध गिरी कार्यकारी निर्माता रहेका छन् ।

टाइम लुपको कथालाई उठान गरेको फिल्ममा अनमोल र जसिताका अलवा रवि काफ्ले र समृद्धि अर्यालको पनि अभिनय छ । सुरेन्द्र पौडेलको सम्पादन, रोमन न्यौपाने र नरेन लिम्बुको सङ्गीत, नरेन्द्र मैनालीको छायांकन, सुयोग गुरुङको पटकथा, किरण थापाको कोरियोग्राफी छ ।

केही समयको अन्तरालपछि अनमोलको नयाँ फिल्म आउन लागेको हो । नयाँ फिल्मका लागि अनमोल पनि उत्साहित छन् । फिल्मका प्रस्तुतकर्ता रोहित अधिकारी हुन् ।

जेठ १० गते रिलिज हुने यो फिल्मसँगै फिल्म ‘पूजार सार्की’ र पूजा शर्माको प्रमुख भूमिका रहेको ‘दान्भी’ भिड्दै छन् ।


ताजा खबर