‘पुजार सार्की’को मर्मस्पर्शी गीत ‘रीमै’ रिलिज – हेर्नुहोस् भिडियो

अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह अभिनित फिल्म ‘पुजार सार्की’को दोस्रो गीत ‘रीमै’ रिलिज गरिएको छ। रिलिज गरिएको उक्त गीतमा दिबेन्द्र बराल र मुना थटालको स्वर, दिनेश राउतको शब्द र सुभाष भुसालको संगीत समावेश छ।

जेठको १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्मको सार्वजनिक गीतको भिडियोमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली, परीक्षा लिम्बु, प्रेम सुब्बालाई फिचरिङ गरिएको छ।

दिनेश राउतको निर्देशनमा तयार भएको यो फिल्ममा सुभाष भुसालको निर्माण, विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायांकन, शिशिर खत्रीको कोरियोग्राफी र भरत रेग्मीको सम्पादन छ ।


ताजा खबर