सिमोस र सौगातको तेस्रो सहकार्य ‘जन्ते बाख्रो’

सिमोस सुनुवारको निर्देशनमा फिल्म ‘जन्ते बाख्रो’ निर्माण हुने भएको छ । मंगबार यो फिल्मको निर्माण घोषणा गर्दै निर्माणपक्षले अभिनेता सौगात मल्ललाई अनुबन्धित गरेको हो।

मुईन इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको फिल्मको मुख्य भूमिकामा अभिनेता सौगात मल्ल देखिनेछन् । सौगातसँग निर्माण युनिटले मंगलबार फिल्म अभिनय विषयमा सम्झौता गरेको हो ।

यो फिल्मको निर्माताका रूपमा सन्तोष गौतम र निर्देशक सिमोस स्वयम् रहेका छन् । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।

त्रिकोणात्मक प्रेमकथालाई रोचक तरिकाबाट समेटिने यो फिल्म गाउँले परिवेसलाई लिएर लाइट कमेडीमा जनरामा निर्माण गरिनेछ।

भदौदेखि सुटिङ सुरु गरिने यो फिल्मको लागि अन्य कलाकारहरू छनौट भइरहेको निर्माणपक्षले जनाएको छ।


ताजा खबर

No comments to show.