रियालिटी शो ‘दोहोरी आईकन’ हुदै ,कोमल, कुलेन्द्र र पशुपति जज् !

नेपाली मौलिक लोक दोहोरी गीतको संरक्षण र प्रबर्द्धन, अग्रजलाई सम्मान अनि नव प्रतिभालाई प्रोत्साहन भन्ने मुल नारा सहित प्रतिभाको खोजी गर्ने उद्देश्यले एजे इन्टरटेनमेन्टले टेलिभिजन रियालिटी शो ‘दोहोरी आईकन’ आयोजना गर्ने भएको छ

आयोजकले शनिबार साँझ राजधानीमा पत्रकार सम्मेलन गर्दै शोको बारेमा जानकारी दिएको छ । आयोजकका अनुसार एजे इन्टरटेनमेन्ट र यो हो टेलिभिजनको संयुक्त प्रस्तुतिमा शो आयोजना हुन लागेको हो ।

‘दोहोरी आईकन’ यो हो टिभीबाट केही महिनापछि सुरु हुने कुरा आयोजक पक्षले बताएको छ । ‘दोहोरी आईकन’ मा बिशेष त मौलिकतालाई जोड दिईनुका साथै केही सातापछि डिजिटल तथा अनलाईन मार्फत अडिशन सुरु गरिने कुरा आयोजकको भनाई छ ।


‘दोहोरी आईकन’मा कोमल ओली, पशुपती शर्मा, कुलेन्द्र बिश्वकर्मा निर्णायकको रुपमा रहेका छन् भने होस्टको रुपमा पिएन सापकोटा र शोभा त्रिपाठी रहेका छन् । साथै केही महिनामा अडिशन सुरु भए लगत्तै पुनः पत्रकार सम्मेलनको आयोजना गरि केही निर्णायक पनि थपिने कुरा पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । ‘

दोहोरी आईकन’ मा प्रथम पुरस्कार स्वरुप २५ लाख रुपैया निर्धारण गरिएको र बिश्व भ्रमणको पनि ब्यवस्था रहेको कुरा कार्यक्रममा घोषणा गरिएको थियो ।

अजय पोखरेलको अध्यक्षता भएको पत्रकार सम्मेलनमा वरिष्ठ लोक गायिका कोमल ओली, समाजसेवी रमेश बाबु श्रेष्ठ, गायक पशुपती शर्मा, गायक कुलेन्द्र बिश्वकर्मा, गायक कृष्ण रेउले, गायक दिपक खड्का लगायतको उपस्थिति थियो ।

“दोहोरी आईकन” मा मौलिकता र नयाँ प्रतिभालाई बिशेष जोड दिईने कुरा निर्णायकहरु कोमल ओली, कुलेन्द्र बिश्वकर्मा र पशुपती शर्माले बताए


ताजा खबर