‘उपहार’ फिल्मको पहिलो गीत ‘वाह वाह वाह’ सार्वजनिक

 फिल्म ‘उपहार’को गीत रिलिज भएको छ।

शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच डान्सिङ तथा रोमान्टिक फ्लेवरको ‘वाह वाह वाह’ बोलको गीत सार्वजनिक गरिएको हो।

बाबुल गिरी र एलिना चौहानको स्वर रहेको गीतमा फिल्मका शीर्ष कलाकारहरू रेखा थापा, मुकुन भुषाल, पूजा शर्मा, समर्पणजंग कार्की, बेनिशा हमाल र तेज गिरी ‘फिचर्ड’ छन्। यस गीतमा शङ्कर अधिकारी (घायल)को शब्द रचना तथा बाबुलको सङ्गीत छ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको यो गीतमा फिल्मका तीन जोडी प्रस्तुत गरिएका छन् । रेखा र मुकुन, पूजा र समर्पणजंग, बेनिशा र तेज।  भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

रेखा फिल्मस् र कपनगढी सिनेमा प्रा.लीको संयुक्त प्रस्तुति रहेको फिल्मको कथा सुलक्षण भारतीले लेखेका हुन् । 

शुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा बलराम शाही ठकुरी छन् । यो फिल्म फागुन २५ गते रिलिज हुने भएको छ ।


ताजा खबर

No comments to show.