आरिफ रफको ‘आउँछौ कि भनेर’ सार्वजनिक

भ्वाइस अफ नेपालबाट चर्चामा आएका गायक आरिफ रफको ‘आउँछौ कि भनेर’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

गायक आरिफ रफको आवज रहेको गीतमा मोनिष निरौलाको शब्द सृजना र संगीत छ।

गीतको भीडीयोमा धेरै सम्भाबना बोकेका मोडल अन्जान थापा सलीना खत्रीको जीवन्त क्लासिकल अभीनय देख्न सकीन्छ ।

सार्वजनिक भिडियो हेर्दा प्रेमीका हराएपछि विछिप्त बनेका एक पागल प्रमीको बारेमा दर्शाउन खोजिएको छ ।

देव दोर्जे लामाको छायांकन रहेको भिडियोमा बिकाश मगरको समपादन, कलर र डिओपी रहेको छ ।

नेपमेलोको प्रस्तुतीमा भिडियोलाई सुरेन्द्र मल्लले निर्देशन गरेका हुन् । पछील्लो समय गीत संगीतमा निकै रफ्तारका साथ अगाडी बढीरहेको नेपमेलोले विभीन्न किसिमका नेपाली गीतहरु दर्शक माझ प्रस्तुत गर्दै आईरहेको छ ।


ताजा खबर

No comments to show.