प्रदीपको अभिनय रहने हिन्दी फिल्म ‘ऐरी’ निर्माणको घोषणा

अभिनेता प्रदीप खड्काले फिल्म ‘ऐरी’ मार्फत हिन्दी फिल्ममा डेब्यु गर्ने भएका छन्।

मंगलबार निर्माण टिमले फिल्मको मोसन पोस्टर सार्वजनिक गर्दै प्रदीपले हिन्दी फिल्म गर्न लागेको जानकारी दिएको हो।

फिल्म सिकारीको कथावस्तुमा आधारित रहेको बताईएको छ । पोस्टरमा भने प्रदीप र बाघको तस्बिर राखिएको छ । यो फिल्मको तयारीका लागि प्रदीप केही समयदेखि भारतमा छन् ।

जीवन थापाको निर्देशन हुने यो फिल्म हिन्दीसहित दक्षिण भारतीय भाषाहरूमा समेत बन्नेछ। फिल्ममा सुभाष काले, प्रशान्त कुमार गुप्ता र राजन कुँवरको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता कमल बहादुर आले हुन् ।

फिल्म ‘प्रेमगीत ३’लाई भारतमा सुभाष कालेको टिमले वितरण गरेको थियो । यो फिल्मलाई सन् २०२४ मा रिलिज गर्ने तयारी गरिएको छ ।


ताजा खबर

No comments to show.