आगानी जेठको ११ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘पुजार सार्की’को पोस्टर सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा नायक पल शाहको गेटअप झल्कने तस्वीर सार्वजनिक गरिएको छ। पोस्टरमा उनको गेटअपसङै पात्रको परिचय समेत झल्काइएको छ।
तस्वीरमा फिल्मका शीर्षमध्येका अभिनेता पल शाहको लुक्स देख्न सकिन्छ । उनको पात्रको नाम मेघराज खत्री ‘मेगेजी’ राखिएको छ । मेगेजी पात्र बन्दुक बोकेर नदी किनारमा हिँडेको देखिन्छ । उक्त पात्र भादगाउँले टोपी, बाहुला नभएको कोट, कमिज र पाइन्टको पहिरनमा देखिन्छ । निर्देशक राउतले यो पात्रलाई सामाजिक क्रान्तिको लागि हतियार उठाउन बाध्य युवक भएको बताएका छन्।
निर्देशक दिनेश राउतको निर्देशन रहेको यो फिल्मको निर्माणपक्षले औपचारिक रुपमा प्रदर्शन मिति तय गरेको छैन । तर, शनिबार फस्टलुक सार्वजनिक गर्दै जेठ ११ गते फिल्म रिलिज हुने जानकारी दिन लागिएको वुझिएको छ ।
यो फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली, परीक्षा लिम्बु लगायतका कलाकारको अभिनय छ । यो फिल्ममा पटकथा लेखक विकास सुवेदीले आफूले देखेको र भोगेको कथालाई प्रस्तुत गरेका हुन्।