गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स

गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेले डिभोर्स गरेका छन् ।

चैत्र ७ गते काभ्रे जिल्ला अदालतका न्यायधीस विश्वनाथ भट्टराईको इजलासले उनीहरुबीच सम्बन्ध विच्छेद भएको फैसला गरेको हो ।

पछिल्लो समय सम्बन्धमा दरार आएपछि उनीहरुले सहमतिमै डिभोर्स गरेको बताइएको छ । ऋचाले डिभोर्सका लागि अदालतमा मुद्दा दायर गरेकी थिइन् ।

२०७७ सालमा यी दुईले कानुनी विवाह गरेका थिए । दुई वर्षको प्रेम सम्बन्धलाई उनीहरुले कानुनी विवाहमा परिणत गरेका थिए । तर, उनीहरुको बैबाहिक सम्बन्ध ३ बर्ष पनि टिक्न सकेन । 

सम्बन्धविच्छेदपछि अदालतको आदेशमा भनिएको छ, ‘प्रस्तुत मिलापत्रको ब्यहोरा, त्यसको मतलब र मरिणामसमेत दुवै पक्षलाई पढीबाची लेखिएबमोजिम पति पत्नीबीचको सम्बन्धविच्छेद हुनेगरी मिलापत्र गर्न सहमत भई दुवै पक्षहरुले सहीछाप समेत गरेकाले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ बमोजिम प्रस्तुत मिलापत्र प्रमाणित गरिदिएको छ ।’

मोडलिङ पेशामा आबद्ध ऋचाले पछिल्लो समय निशानले गाएको गीत ‘लाउर जाने रेल’मा अभिनय गरेकी छन् ।


ताजा खबर

No comments to show.