दिपेन्द्रकाे ‘के घर के डेराः घर नम्बर २’मा जाेडिए निश्चल

निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको फिल्म ‘के घर के डेराः घर नम्बर २’मा कलाकार तथा निर्देशक निश्चल बस्नेत अनुबन्धित भएका छन् ।

सामाजिक कथावस्तुमा निर्माण हुने यो फिल्मको मुख्य भूमिकामा अनुबन्धित भएका हुन् । यसअघि फिल्ममा अभिनेता खगेन्द्र लामिछाने अनुबन्धित भइसकेका छन् ।

साउनको २५ गतेबाट छायांकनमा जान लागेको फिल्मको मुख्य भूमिकामा बस्नेतलाई अनुबन्धित गरिएको निर्देशक खनालले जानकारी दिए ।

फिल्ममा अनुबन्धित भएपछि कलाकार बस्नेत उत्साहित देखिए । उनले, फिल्मको कथावस्तु बलियो रहेकाले आफू काम गर्न तयार भएको बताए ।

निश्चलको प्रवेशसँगै फिल्मको लाइनअप बलियो बन्ने देखिएको छ । फिल्मका लागि अझै चार जना कलाकारहरूलाई मुख्य भूमिका अनुबन्धित गर्न बाँकी रहेको निर्माण पक्षले बताएको छ ।

यो फिल्मको कथा चर्चित लेखक बुद्धि सागरले लेखेका हुन् ।

ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माताको रूपमा छन् । युवराज कार्की फिल्मका कार्यकारी निर्माता हुन् ।

यसै वर्ष रिलिज गर्ने योजना राखिएको यो फिल्मलाई काठमाडौँमा रिच इन्टरटेन्मेन्ट र काठमाडौँ बाहिर एफडी कम्पनीले वितरण गर्ने पक्का भइसकेको छ ।


ताजा खबर

No comments to show.