काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’ले प्रदर्शनको ५१औँ दिन मनाएको छ । बक्सअफिसमा आफूलाई सफल प्रमाणित गरिसकेको यो चलचित्र आजबाट प्रदर्शनको ५१औँ दिनमा प्रवेश गरेको हो ।
आज यो सिनेमाले देशभर २७ शो पाएको छ । २७ वटा हलमा यो सिनेमाले ५१औँ दिन मनाएको हो ।
चौथो हप्तामै १० करोडभन्दा बढी ग्रस गरेको सिनेमाले त्यसयताको कलेक्सन भने सार्वजनिक गरेको छैन ।
चलचित्रमा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, सुनील पोखरेललगायत कलाकार मुख्य भूमिकामा छन् ।
नवीन चौहानले सिनेमाको निर्देशन गरेका थिए । ‘ऊनको स्वीटर’ यो वर्षको पहिलो सफल सिनेमा हो । अग्रज र अनुभवी निर्देशक र कलाकारका चलचित्रले पनि दर्शक तान्न नसकिरहेका बेला ‘ऊनको स्वीटर’ भने दर्शकले मन पराएका हुन् ।