काठमाडौं । अभिनेत्री पूजा शर्मालाई मुख्य भूमिकामा लिएर ‘दान्भी’ निर्देशक रुपेश तामाङले अर्को नयाँ सिनेमाको घोषणा गरेका छन् ।
शुक्रबार थिम पोस्टर सार्वजनिक गर्दै निर्देशक तामाङले ‘एक्का तीन’ शीर्षकमा चलचित्र बन्ने जानकारी गराएका हुन् । साथै, यसलाई सन् २०२६ भित्र प्रदर्शन गर्ने तयारी समेत रहेको छ ।
जुना फिल्मस्को ब्यानरमा बन्न लागेको ‘एक्का तीन’ एक्सन, सस्पेन्स र बलियो कथा समेटिएको चलचित्र हुने बताइएको छ ।
चलचित्रको उक्त थीम पोस्टरमा एक हेलिकप्टर, ठूलो विस्फोटको झल्को र तीन पात्र देखिन्छन् । जसमा दुई पुरुष र एक महिला छन् ।
ती महिलामध्ये एक हुनेछिन् । उनी यो चलचित्रको मुख्य भूमिकामा अभिनय गर्दैछिन् भन्ने कुराको औपचारिक घोषणा भइसकेको छ । तर, बाँकी दुई पुरुष पात्र को हुन् भन्ने चाहिँ निर्माणपक्षले अझै गोप्य राखेको छ ।
चलचित्रको नाम सँगै ‘च्याप्टर १’ उल्लेख गरिएको छ, जसले यो चलचित्र फ्रेन्चाइजको रूपमा अगाडि बढ्ने संकेत गर्छ । निर्माण टिमले दोश्रो भाग पनि निर्माण हुने योजना बनाइरहेको बुझिएको छ ।
सुमन गजमेरद्वारा लेखिएको कथा रहेको यस चलचित्रको हाल प्रि-प्रोडक्सनको काम तीव्र रूपमा चलिरहेको छ । छायांकन काम केही समयभित्रै सुरु हुने निर्माण पक्षको योजना छ ।
निर्देशक तामाङले यसपटक आफ्नो अघिल्लो चलचित्रका कमजोरीहरू सुधार गर्दै प्राविधिक पक्षमा पनि ध्यान दिने बताएका छन् ।
“यसपटक दर्शकलाई नयाँ स्वाद दिन चाहन्छौं,” निर्देशक तामाङ भन्छन्, “यो चलचित्रमा सशक्त कथा, गहिरो रहस्य र स्तरीय एक्सन दृश्य रहनेछन् ।”
यो चलचित्रप्रति निर्माण टिम निकै आशावादी देखिएको छ । अबको केही समयभित्र बाँकी कलाकार र प्राविधिक टोलीको बारेमा औपचारिक घोषणा गरिने बताइएको छ ।