‘हरिबहादुरको जुत्ता’को पहिलो झलक सार्वजनिक

काठमाडौं । चलचित्र ‘हरिबहादुरको जुत्ता’को पोष्टर सार्वजनिक भएको छ ।

सार्वजनिक पोस्टरमा चर्चित कलाकार हरिवंश आचार्य एक्लै प्रस्तुत गरिएको छ, जसले चलचित्रमा उनको भूमिकालाई विशेष रुपमा चिनाउने प्रयास गरिएको देखिन्छ।

हरिबहादुर पात्र नेपाली टेलिभिजन दर्शकमाझ लोकप्रिय रहेको छ । यही पात्रलाई झल्को दिने पोष्टर तयार भएको छ । सार्वजनिक पोष्टरलाई शान थापा र विजय वस्यालले तयार गरेका छन् ।

चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपूत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ ।

दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र दशैँको फूलपाती (असोज १३) गतेबाट प्रदर्शनमा आउँदैछ ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका छन् । कृष्ण बहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन् ।

वसन्त सापकोटा, दीपक शर्मा र प्रकास सपूतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ।


ताजा खबर