३५ दिने तालिकासहित पर्वतबाट सुरू भयो ‘ककाकिकी’को छायांकन

काठमाडौं । हास्य शो ‘कमेडी दरबार’ टिमले निर्माण गर्न लागेको फिल्म ‘ककाकिकी’को छायांकन सुरु भएको छ । आज बिहान शुभमुर्हुत गर्दै ३५ दिने तालिका तय गरेर निर्माण टिमले पर्वतको भूकदेउरालीबाट छायांकन सुरु गरेको हो ।

अबको २० दिन पर्वतमा गाउँको परिवेशका दृश्यहरु छायांकन हुनेछ । त्यसपछि काठमाडौंमा छायांकन गरिने फिल्मका निर्देशक बिक्की अग्रवालले जानकारी दिए ।

अहिले छायांकनमा फिल्मका सबैजसो कलाकार पुगेका छन् । अभिनेत्री तृप्ती नाडकर, रेखा थापा, दिया मास्के, सुभास गजुरेल, महेश त्रिपाठी, सुवर्ण थापा लगायतका कलाकार छायांकनस्थलमा छन् ।

फिल्मलाई बिक्की र श्रृद्धाले निर्देशन गर्दैछन् भने फिल्मको लेखक पनि बिक्कीसँगै विकाश अर्याल र सरोज भण्डारी रहेका छन् ।

निर्माण टिमले यसअघि गएको साउनको दोस्रो हप्तामा फिल्मको एक पोस्टर सार्वजनिक गर्दै औपचारिक घोषणा गरेको थियो । जुन पोस्टरमा अभिनेत्री रेखा थापा, गौरी मल्ल, तृप्ती नाडकर र अभिनेता महेश त्रिपाठीलाई अनौठो अवतारमा चित्रण गरिएको थियो ।


ताजा खबर