आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा

माघे संक्रान्तिको अवसर पारेर आजबाट तीनवटा नेपाली चालचित्र एक साथ रिलिज भएका छन् । ‘मिरमिरे’, ‘गोबर गणेश’ र ‘भाइरल गोर्खे’ आजबाट रिलिजमा आएका हुन् ।

‘मिरमिरे’मा यम शेर्पाको लेखन तथा निर्देशन रहेको छ । यार्सा फिल्मसको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदीप कुँवर छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।

चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।

‘गोबर गणेश’लाई हाँस्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ले निर्देशन गरेका छन् । चलचित्रको कथा पनि निर्देशक स्वयंले लेखेका छन् ।

बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा बल्छीसँगै, वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे ९पुकु०, बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत छन् ।

शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहेको छ ।

यो चलचित्रलाई श्री ब्याकटेस इन्टरटेनमेन्टले वितरण गरेको छ । चलचित्र ‘भाईरल गोर्खे’लाई निगम श्रेष्ठले निर्देशन गरेका छन् ।

एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्माण भएको यस सिनेमामा सौगात मल्ल र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् ।

‘भाईरल गोर्खे’मा बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला, रवि भुजेल र मिस पवीको मुख्य भूमिका रहेको छ । चलचित्रमा अमर महर्जनको सिनेमेटोग्राफी रहेको छ ।


ताजा खबर