चलचित्र ‘हरिबहादुरको जुत्ता’ पछि यही टिमले नयाँ चलचित्र ‘श्रीनिवास’ निर्माणको घोषणा गरेको छ । गएको दशैँको फूलपातीमा रिलिज भएको ‘हरिबहादुरको जुत्ता’ ले दर्शकको राम्रो साथ र सकारात्मक प्रतिक्रिया पाएको थियो ।
एसएम मोसन पिक्चर्सले आफ्नो ब्यानरमा दोस्रो चलचित्रका रूपमा ‘श्रीनिवास’को आज औपचारिक निर्माण घोषणा गरेको हो । चलचित्रमा हरिवंश आचार्य र अभिषेक खड्का प्रमुख भूमिकामा रहनेछन् ।
सरोज ओली र मोहितवंश आचार्यको निर्माणमा तयार हुने चलचित्रलाई सजन काफ्ले र आकाश बरालले संयुक्त रूपमा निर्देशन गर्नेछन् । यसअघि उनीहरूले चलचित्र ‘बेहुली फ्रम मेघौली’ निर्माण गरेका थिए ।
चलचित्र ‘श्रीनिवास’मा अभिमन्यु निरवीको लेखन रहनेछ । चलचित्रका अन्य कलाकार तथा प्राविधिक पक्षबारे निर्माण टिमले क्रमशः जानकारी सार्वजनिक गर्ने तयारी गरेको छ ।








