नीता ढुङ्गाना फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म ‘पार्वर्ती’ मुहूर्त गरिएको छ । मंगलबार कास्कीको माछापुच्छ्रे गाउँपालिकाको मिर्सा गाउँ वडा नम्बर १ मा फिल्मको मुर्हूत गर्दै छायाकंन थालिएको हो ।
फिल्ममा अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गानाको निर्देशन तथा मुख्य भूमिकामा अभिनय रहनेछ । नीताका साथमा दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतको अभिनय रहनेछ। फिल्मका कार्यकारी निर्माता शंकर पाण्डे हुन्।
रिहर अधिकारी निर्माता रहेको फिल्ममा निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको छ । यस फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन् ।
सुदीप बरालको छायांकन तथा साहिल खानको सम्पादन रहने फिल्ममा डान्स ग्रुप ‘कार्टुन क्रु’का सरोज अधिकारी क्रियटिभ निर्देशकको रूपमा छन् । प्रोडक्सन डिजाइनर तथा कार्यकारी निर्मातामा शंकर पाण्डे रहेका छन् ।
फिल्म आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउनेछ । फिल्मको सुटिङ सेड्युल एक महिना आसपासको रहेको छ। यसअघि निता फिल्मस्को व्यानरमा फिल्म ‘ह्रस्वदीर्घ’निर्माण भएको थियो।









