‘एक्का तीन’मा पुष्प फाइनल, पूजासँग जोडी पक्का

आउँदो वर्षको जेठ महिनाबाट फिल्म ‘एक्का तीन’ को छायांकन प्रारम्भ हुने भएको छ ।

फिल्मका निर्देशक रुपेश तामाङले धमाधम कलाकार फाइनल गर्दै अघि बढेको र प्रि–प्रोडक्सनको तयारी अन्तिममा पुगेको बताएका छन् ।

यो फिल्ममा नायिका पूजा शर्मा फाइनल भइसकेकी छिन् । अब, फिल्ममा नायक पुष्प खड्काको पनि प्रवेश भएको छ । पुष्पसँग कागजी संझौता गर्दै निर्माण टिमले लाइनअप बलियो बनाइरहेको छ ।

यो फिल्मलाई एक्सन जनरामा निर्माण गर्ने तयारी रुपेशको छ । फिल्ममा पुष्पको भूमिका के हुन्छ भन्ने खुलाइएको छैन । निर्माणपक्षले दिएको जानकारी अनुसार, फिल्मबाट एक-एक जना नव-नायक र नव-नायिकालाई भित्राउने तयारी पनि गरिएको छ ।

सुमन गजमेरले यो फिल्मको कथा लेखेका हुन् । फिल्मलाई जुना फिल्मस् र अधिरा फिल्मस्ले निर्माण गर्दैछन् ।पुष्प र पूजाले फिल्म ‘३६ को आँकडा’मा पनि पर्दा शेयर गरेका छन् ।

केही म्युजिक भिडियोमा काम गरेका यी दुइलाई दर्शकले ठूलो पर्दामा प्रतिक्षा गरिरहेका छन् ।


ताजा खबर