कलाकार सागर लम्साल बले हाजिरी जमानीमा रिहा भएका छन् ।
गत शुक्रबार उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँले बूढानीलकण्ठबाट पक्राउ गरेको थियो । उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज परिवारको जिम्मा लगाएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले बले रिहा भएको पुष्टि गरेका छन् । उनलाई अभद्र व्यवहारको कसुरमा ५ दिनअघि पक्राउ गरिएको थियो ।
गत शुक्रबार अमेरिका बस्ने एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै सागरमाथि बलात्कारको आरोप लगाएकी थिइन् । बुधबार ती युवतीले अमेरिकामा बलेविरुद्ध मुद्दा दायर गरेकी छन् ।
नेपालमा भने सागरविरुद्ध प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्धा चलाएर अनुसन्धान गरेको थियो ।








