जुनियर एनटीआर ऋतिक रोशनसँगै वार-२ मा देखिने, हुनेछ दोहोरो भुमिका

आरआरआरको सफलतापछि दक्षिण भारतका सुपरस्टार जुनियर एनटीआर आफ्नो अर्को नयाँ फिल्ममा देखिदैछन् ।

एनटीआरको हातमा यतिबेला धेरै ठूला फिल्महरू छन्, जसमध्ये एक वाइआरएफ युनिभर्सको फिल्म समावेश छ। यस वर्ष उनको आगामी फिल्म ‘देवरा पार्ट १’ हो। फिल्मको काम सकिएर हाल पोस्ट प्रोडक्सनको चरणमा छ । यो फिल्ममा उनीसँगै जान्हवी कपुर र सैफ अली खान पनि देखिनेछन् । तर, जुन फिल्मकाका लागि उनी हेडलाइनमा छन्, त्यो भने ऋतिक रोशनको ‘वार २’ हो ।

उनी केही समयअघि यो फिल्ममा प्रवेश गरेका हुन् । यसमा उनी भारतीय एजेन्टको भूमिकामा देखिनेछन् भन्ने सबैलाई थाहा छ तर, त्योभन्दा पनि ठूलो कुरा हुन लागेको छ । जसको बारेमा ठूलो अपडेट बाहिर आएको छ।

ऋतिक रोशन अहिले ‘वार २’ को सुटिङमा व्यस्त छन् । केही समयअघि उनीहरुको सेटका केही तस्विरहरु लिक भएका थिए । त्यसपछि उनले जुनियर एनटीआरको बडी डबलबाट सुटिङ सुरु गरेको खुलासा भयो । फिल्ममा दुबैले एक्सन सिन देखिने छन् । अभिनेता जुनियर एनआरटीको चरित्र उनले पहिले खेलेका भूमिकाहरू भन्दा धेरै फरक हुने बताइएको छ।

जुनियर एनटीआर ‘वार २’ मा भारतीय एजेन्टमा हुनेछन् । सिनेजोस नामक वेबसाइटको रिपोर्ट अनुसार जुनियर एनटीआरको ‘वार २’ मा दोहोरो भूमिका हुने भएको छ । ऋतिक रोशन र जूनियर एनटीआरलाई यो प्यान इन्डिया मल्टिस्टारर फिल्ममा सँगै हेर्नका लागि फ्यानहरू निकै उत्साहित छन्। जुनियर एनटीआर फिल्ममा नकारात्मक र सकारात्मक दुवै भूमिकामा देखिने बताइएको छ । तर, फिल्ममा उनको दोस्रो भूमिका निकै महत्वपूर्ण हुने भएको छ, त्यो भने अन्तरालमा खुल्नेछ । साथै यो कथा फिल्मको एक महत्वपूर्ण भाग हुनेछ।

जुनियर एनटीआर र ऋतिक रोशन स्क्रिन सेयर गर्दै देखिने खबर आएपछि फ्यानहरुको खुसीको सीमा रहेको छैन । वास्तवमा, यो वाइएफआर ब्रह्माण्डको महत्त्वपूर्ण फिल्महरू मध्ये एक हुन गइरहेको छ । किनकि, यसपछि शाहरुख-सलमानको ठूलो तस्विरको लागि स्टेज सेट हुनेछ।

सन् २०१९ मा ‘वार’ आएको थियो, जसले बक्स अफिसमा राम्रो प्रतिक्रिया पाएको थियो । जुनियर एनटीआरले फिल्मका लागि १०० करोड भारु लिने बताइएको छ ।


ताजा खबर