पूजा शर्मामाथी समीक्षा अधिकारीको ‘तीव्र व्यंग्य’

गायिका समीक्षा अधिकारीले नायिका पूजा शर्मामाथि तीव्र कटाक्ष गरेकी छन् । उनले बुधवार सामाजिक सञ्जाल फेसबुकमा ‘बहुरुपी औरत’ भन्दै अभिनेत्री पूजा शर्मालक्षित कटाक्ष गरेकीछिन्।

उनले लेखेको स्टाटस जस्ताको त्यस्तै,-‘अस्ति सिनेमा चलाउन रोएको नाटक गरेउ।
हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ परेउ।
आज फेरि आफ्नो फाईदाका लागि उतै तिर चाकडी गर्दै रहेछौ।
बहुरुपी औरत।😄😄’

‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको बेला फिल्म चलाउन पूजालाई रोएको आरोप लागेको थियो । त्यसपछि उनी समीक्षासँग निकट भएको सामाजिक सञ्जालमा उनका पोस्टबाट देखिएको थियो । पूजा र समीक्षाले टिकटक भिडियो बनाउँदै नजिक भएको सन्देश पनि दिए ।

तर, पल जेलबाट निस्केपछि पूजा र पलको सम्बन्धमा दरार उत्पन्न भयो । पलले आफूलाई भाउ नदिएको भन्दै उनी असन्तुष्ट बनेकी थिइन् । पल शाहसँग टाढिएपछि उनी समीक्षासँग नजिकिइन् ।

अहिले फेरि पल र पूजाको मिलन भएको छ । पूजा पलको बखान गर्दै हिँड्न थालेकी छ्न् । यसैलाई लिएर समीक्षाले बोल्ड स्टेटमेन्ट दिएकी हुन् ।


ताजा खबर