वैशाख ५ गते प्रेमी विष्णुसँग गायिका एलिनाको बिहे

आगामी वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग गायिका एलिना चौहानले बिहे गर्ने पक्का भएको छ। गायिका चौहान अहिले बिहेको तयारीमा जुटेकी छिन् । उनले, आफू अहिले बिहेको तयारीमा जुटेको बताइन् । एलिना निम्तो बाँड्ने र बिहेको अन्य तयारीमा लागिरहेकी छिन् ।

बाग्लुङ निवासी विष्णु लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका छन् भने गायिका एलिनाको स्थायी घर झापाको बिर्तामोडमा छ। एलिना र विष्णुको केही समय अगाडि ब्रेकअपको हल्ला समेत चलेको थियो । तर, अहिले उनिहरुले बिहे गर्नेकुरा एकाएक सार्वजनिक भएको हो।

गत बर्षको तीजमा एलिना अष्ट्रेलिया पुग्दा विष्णुसँग भेट भएको थियो । सोही समयमा उनीहरुबिच प्रेम सम्बन्ध सुरु भएको थियो ।


ताजा खबर