प्रदीप खड्काको बढ्दो व्यस्तता, साइन गरे नयाँ फिल्म

निर्देशक प्रदीप शाहीले निर्देशन गर्ने नयाँ फिल्ममा अभिनेता प्रदीप खड्का फाइनल भएका छन्। पछिल्लो समय एकपछि अर्को चलचित्रमा व्यस्त बनेका उनले लामो समयदेखि बेलायतमा बस्दै निर्देशक प्रदीपको नयाँ फिल्म साइन गरेका हुन्। निर्देशक प्रदीपले यो चलचित्रको नाम अहिलेको लागि गोप्य नै राखेका छन्।

शनिबार निर्माण टिम र प्रदीपबीच यो चलचित्र सहकार्यका लागि संझौता भएको थियो । यो फिल्मको कथा निर्देशक शाहीले नै लेखेका हुन् । साइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने यो फिल्ममा ह्रयाम्साएर एकाउन्टेनको पनि निर्माण सहकार्य हुनेछ ।

अन्य कलाकार र प्राविधिकको टुंगो चाँडै नै लगाउने निर्माणपक्षले बताएको छ । यो फिमलाई विनोद सुवेदी खत्री ‘क्षितिज’ले निर्माण गर्नेछन् ।


ताजा खबर

No comments to show.