प्रदीप र बेनिशापछि ‘एक्लो’मा बिजय लामाको प्रवेश

फिल्म ‘अन्तिम संस्कार’ निर्देशक प्रदीप शाहीको नयाँ फिल्म ‘एक्लो’मा बिजय लामाको प्रवेश भएको छ। साइ-फाई जोम्बी थ्रिलर जनरामा निर्माण हुन लागेको फिल्ममा प्रदीप खड्का र बेनिशा हमाल यसअगाडी फाइनल भएका थिए।

आगामी साउनपछि छायांकन सुरु गर्न लागिएको फिल्ममा सोमबार निर्देशक शाहीले लामासँग कागजी सम्झौता गरेका हुन् । यसअघि उनीहरुले ‘अन्तिम संस्कार’मा पनि सहकार्य गरेका थिए । यो फिल्ममा प्रदीपको काम गर्ने शैलीबाट लामा प्रभावित भएका थिए ।

शाई प्रोडक्सन नेपालको निर्माणमा बन्न लागेको फिल्ममा ह्याम्साएर एकाउन्टेनले सहकार्य गरेको छ । यो फिल्ममा ‘मिथिकल एलिमेन्ट्स’ पनि रहने निर्देशक शाहीले बताए । उनले ‘अन्तिम संस्कार’भन्दा अगाडि फिचर फिल्म गोर्खा : बिनिथ द ब्रेभरी’सहित केही सर्ट फिल्म निर्देशन गरेका थिए ।

विनोद सुवेदी खत्री ‘क्षितिज’ कार्यकारी निर्माता रहेको फिल्ममा प्रदीप शाही स्वयंको लेखन छ ।


ताजा खबर