चैत्र तेश्रो साताबाट ‘वर एण्ड बधु’को दोश्रो सेड्युलको छायांकन सुरु

फिल्म ‘वर एण्ड बधु’को काम अगाडि बढ्ने भएको छ । यो फिल्मको बाँकी ५० प्रतिशत छायांकन नेपालमा गर्ने तयारी गरिएको छ । फिल्मका निर्देशक मिलन चाम्सका अनुसार, चैत्रको तेस्रो साताबाट फिल्मको छायांकन नेपालमा सुरु हुनेछ ।

रोमान्टिक कमेडी कथामा तयार भइरहेको यो फिल्ममा बधुको भूमिकामा नायिका आँचल शर्माले काम गरिरहेकी छिन् । फिल्ममा वरको भूमिकामा भने नव–नायक विवेक कर्मचार्यले अभिनय गरिरहेका छन् ।

फिल्मको दोस्रो सेड्यूलका लागि नायक विवेक कर्मचार्यले आफ्नो शरीर समेत बनाएका छन् । निर्माणपक्षले उपलब्ध गराएको विवेकको नयाँ तस्विरमा उनको शरीर सुगठित देखिन्छ । कथाको माग अनुसार नै विवेकले शरीर बनाएको निर्देशक चाम्सले बताए । यो फिल्ममा सुदिप बरालको छायांकन छ ।

डाक्टर अमित रिजाल कार्यकारी निर्माता रहेको यो फिल्मलाई एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो । यो फिल्मले विवाहको संस्कृतिलाई पर्दामा देखाउने निर्माणपक्षले बताएको छ । फिल्मको प्रदर्शन मिति तय गरिएको छैन छायांकन सकिएपछि रिलिज मिति पनि तय गर्ने बताइएको छ ।


ताजा खबर