सुरज सुनवारको लेखन तथा निर्देशन रहेको फिल्म ‘खजुरे ब्रो’को पहिलो गीत सार्वजनिक भएको छ । आईतवार काठमाडौंमा पत्रकार भेटघाटको आयोजना गर्दै फिल्मको ‘लभ गर्ने मान्छे’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक यो गीतले रमाइलो छ।
बैशाखको २८ गतेबाट रिलिज हुने यो फिल्ममा नविन मानन्धर र सुरज सुनवारको लगानी, अनमोल गुरुङको संगीत, डायमण्ड उप्रेती कार्यकारी निर्माता र मित्र डी गुरुङको सम्पादन छ ।
फिल्ममा रेअर राई, महेश त्रिपाठी, नीति शाह, विनिता थापा मगर, शान्तिला तामाङ, सुष्मा निरौला, पुष्कर गुरुङ, मनिष राउत, पवन लिम्बु, प्रकेश भुजेल, प्रेम सुब्बा, सुजता राई, दीप चन्द्र राई लगायतको अभिनय छ । यही फिल्मबाट नायिका नीति शाहले चलचित्र क्षेत्रमा डेब्यू गर्दैछिन् । फिल्मको शिर्ष भूमिकामा कलाकार रेअर राई देखिएका छन् ।