सुखद अकुपेन्सीका साथ हलमा ‘बोक्सीको घर’

बिहानी शोमा सुखद अकुपेन्सीका साथ आजबाट फिल्म ‘बोक्सीको घर’ सार्वजनिक प्रदर्शनमा आएको छ। केकी अधिकारीको निर्माण तथा मुख्य अभिनय रहेको यो फिल्मले रिलिज अगावै प्रिमियर गरेर राम्रो चर्चा पाएको थियो।

फिल्मले शुक्रबार बिहानदेखि बक्सअफिसमा सुखद सुरुवात गरेको छ । क्यूएफएक्ससहितका प्रमुख मल्टिप्लेक्समा बिहानी शोजमा ३०-५० हाराहारी अकुपेन्सी थियो जुन आफैमा उत्साहजनक हो । अपरान्ह र बेलुका अकुपेन्सीमा वृद्धि हुने देखिन्छ । ‘वर्ड अफ माउथ’को मद्दत पाएको खण्डमा फिल्मले पहिलो सप्ताहन्त राम्रै कमाइ गर्न सक्छ ।

निर्देशक सुलक्षण भारतीले निर्देशन गरेको यो फिल्मले बोक्सी कुप्रथाको नाममा महिलामाथि हुने हिंसाको कथा भन्छ। मञ्चन भैसकेको नाटकबाट प्रेरित रहेर बनाइएको फिल्मले समाजका वास्तविक घटनाक्रमलाई चित्रण गर्छ।

क्यूएफएक्स चेनले उपत्यकाका ६ वटा हलमा २४ शो दिएको यो फिल्मप्रति प्रदर्शकहरु आशावादी देखिएका छन् । यसैले, यसलाई प्रदर्शकहरुले सुखद शोज दिएका छन् ।

यस्तै, काठमाडौंको बीग मुभिजले पनि यो फिल्मलाई ५ शो दिएको छ । कालिमाटीमा रहेको वान सिनेमाज्ले पनि ५ शो दिएको छ । यो फिल्मले राम्रो शो पाउनुको कारण प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाउनु र ‘बुझिन मैले’ बोलको गीत चर्चामा रहनु हो ।

यो फिल्ममा केकी अधिकारी, सुफला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, जीवन बराल र सविन बास्तोला लगायतका कलाकारको अभिनय छ ।


ताजा खबर

No comments to show.