अनमोल र आनाको ‘जेरी अन टप’को छायांकन जेठ २० बाट सुरु

नायक अनमोल केसी र नायिका आना शर्माको मुख्य भूमिका रहने फिल्म ‘जेरी अन टप’को छायांकन सुरु हुने भएको छ। रोमान्टिक कथामा निर्माण हुने यो फिल्मको छायांकन आगामी जेठको २० गतेबाट हुने निर्माणपक्षले जनाएको छ। दुईचरणमा गरिने यो फिल्मको पहिलो चरणको छायांकन मिती तय गरिएको हो।

सगरमाथा क्षेत्रमा खिचिने यो फिल्मको छायांकन मौसमको अनुकूलता हेरेर गरिने निर्माता सरोज न्यौपानेले जानकारी दिए। सो क्षेत्रमा ३० दिन छायांकन गरिने उनले बताए। त्यस्तै, यो फिल्मको दोस्रो चरणको सुटिङ अष्ट्रेलियामा गर्ने तयारी निर्माणपक्षको छ।

सुयोग गुरुङले निर्देशन गर्ने यो फिल्मको यतिबेला म्युजिक सेटिङको काम चलिरहेको छ । यसका लागि निर्माता न्यौपानेसहित संगीतकार कालिप्रसाद बासकोटा नगरकोटमा संगीत कम्पोजमा व्यस्त छन् । चलचित्रमा संगीतकारको रुपमा गायक सुशान्त केसी पनि जोडिएका छन् ।


ताजा खबर

No comments to show.