दया र मिरुनाको ‘मनसरा’को बुकिङ खुल्ला

शुक्रबार बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मनसरा’को बुकिङ खुल्ला गरिएको छ । देशभरका मल्टिप्लेक्स हलहरुले यो फिल्मको मंगलबारबाट नै बुकिङ खुल्ला गरेको छ।

देशभरका हलले उच्च शो दिएको यो फिल्मले सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ । यो फिल्मलाई वान सिनेमाजले नयाँ बाँनेश्वर र कालिमाटीका दुई आउटलेटमा १२ शोज उपलब्ध गराएको छ । यस्तै, क्यूएफएक्स चेनले देशभर ६९ शोज उपलब्ध गराएको छ । काठमाडौंमा २८ र मोफसलमा ४१ शो र बीग मुभिजले ७ शोज उपलब्ध गराएको छ ।

फिल्ममा निमेष श्रेष्ठको सम्पादन, शैलेन्द्र ध्वज कार्कीको छायांकन छ । सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकको रुपमा छन् ।

उपेन्द्र सुब्बाको निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधान लगायतका कलाकारको अभिनय छ ।

यसअघि निर्देशक सुब्बाले निर्देशन गरेको फिल्म ‘जारी’ले ब्लकबस्टर व्यापार गरेको थियो । यसैले, ‘मनसरा’ले पनि दर्शकको ध्यान खिचिरहेको छ । यो फिल्मलाई एप्पल इन्टरटेन्मेन्टले वितरण गर्नेछ ।


ताजा खबर