‘खजुरे ब्रो’को ‘मैले फकाएर मात्र’ गीतमा रेअरसँग रोमान्टिक नीति

आउँदो शुक्रबारदेखि प्रदर्शन हुने फिल्म ‘खजुरे ब्रो’को रोमान्टिक गीत रिलिज गरिएको छ । रिलिज गरिएको ‘मैले फकाएर मात्र’ बोलको गीतको भिडियोमा फिल्मका मुख्य पात्रहरू रेअर राई र नीति शाहलाई फिचरिङ गरिएको छ ।

अनमोल गुरुङको शब्द, संगीत र स्वर रहेको गीतको भिडियोमा नीति र रेअर रोमान्टिक देखिएका छन् । दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा यो फिल्म निर्माण गरेको हो ।

नविन मानन्धर र सुरज सुनुवार निर्माता रहेको फिल्ममा सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह–निर्माताको रुपमा छन् । शिशिर विशंखेको छायांकन रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन, अनमोल गुरुङको संगीत समावेश छ ।

रेअर राई र नीति शाह मुख्य भूमिकामा रहेको यो फिल्ममा नविन मानन्धर, महेश त्रिपाठी, विनिता थापा, पुष्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दिपचन्द्र राई, शान्तिला तामाङ लगायतका कलाकारको अभिनय छ । फिल्मका निर्देशक सुरज सुनुवार हुन् ।


ताजा खबर