३ स्टारर अभिनित ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक

किङ्डम नेटवर्क प्रस्तुतकर्ता रहेको फिल्म ‘पुजार सार्की’को ट्रेलर रिलिज गरिएको छ। मंगलबार काठमाडौंमा पत्रकार समेलन गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेको हो।

यो फिल्मको ट्रेलरमा जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा प्रस्तुत छ। तीन सुपरस्टारहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको मुख्य भूमिका रहेको फिल्मको ट्रेलरबाट निर्माणपक्ष आशावादी देखिन्छन्।

निर्देशक दिनेश राउतको निर्देशन रहेको यो फिल्मलाई विकास सुवेदीले लेखेका हुन् । यसअघि विकास र दिनेशले ‘प्रकाश’मा सहकार्य गरेका थिए । सङ्गीतकार सुवास भुसालले निर्माण गरेको यो फिल्मको यसअगाडी एमएमएस इन्टरटेन्मेन्टले इन्टरनेसनल राइट्स खरिद गरिसकेको छ। यो फिल्मको सम्पूर्ण छायांकन कास्की जिल्लामा गरिएको हो।

आगामी जेठ १० गतेबाट प्रदर्शनमा आउने यो फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराललगायत अन्यकलाकारको पनि अभिनय छ।


ताजा खबर