‘मोदीबेनी’ प्रदर्शन मिती घोषणा – साउन १८ गते रिलिज

अभिनेत्री वर्षा सिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठ अभिनित फिल्म ‘मोदीबेनी’ साउनको १८ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्माणपक्षले आगामी साउन १८ गतेलाई प्रदर्शनको उत्तम साइत रहेको जनाउदै रिलिजको घोषणा गरेको हो। यो फिल्मले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा भन्नेछ ।

शङ्कर कोइरालाले निर्देशन गरेको यो फिल्ममा अमर र वर्षाका अलावा सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहेको छ ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको यो फिल्मलाई आनन्द बिक्रम क्षेत्रीले लेखेका छन् । फिल्ममा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेका छन् । यसमा उत्सव दाहालको डिओपी, दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहेको छ ।

झण्डै तीन वर्षको अन्तरालपछि फिचर फिल्मको प्रमुख भूमिकामा अभिनेत्री वर्षाले अभिनय गरेकी छन् भने यो फिल्म मार्फत अमर प्रतापले नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेका छन्। अमरको यो पहिलो डेब्यु फिल्म हो। फिल्मलाई लिएर अमर र वर्षा निकै उत्शाहित देखिएका छन्।


ताजा खबर