फागुन १४ मा ‘लाज शरणम्’ प्रदर्शन हुने

‘सक्किगोनि’को टिमले निर्माण गर्न लागेको फिल्म ‘लाज शरणम्’को छायांकन अगाबै प्रदर्शन मिती तय गरिएको छ। अहिलेसम्म नाम बाहेक केही पनि सार्वजनिक गगरेको यो फिल्मको टिमले महाशिवरात्रिको अवसर पारेर फागुनको १४ गतेलाई प्रदर्शन गर्न लागेको हो।

कुमार कटेलले निर्देशन गर्ने यो फिल्मको लागि अहिलेसम्म आधिकारिक रुपमा कोही पनि कलाकार फाइनल गरिएको छैन । तर, यसको टिमले भने प्रदर्शन मिति बुक गरिसकेको छ। जिग्री र पाँडेको टिमले तयार निर्माण् गर्ने फिल्मको अहिले स्क्रिप्ट फाइनल गर्ने काम भइरहेको छ।

नेपाली फिल्म क्षेत्रका लागि निर्माता तथा निर्देशकहरुले चलचित्रको छायांकन सुरु नहुँदै प्रदर्शन मिति तय गर्नु कुनै नौलो कुरा भने होइन् । पहिला फिल्मको कथा, टिम फाइनल गर्नु अगाडि नै प्रदर्शन मिति तय गर्ने र पछि रिलिज गर्न सकिएन भन्दै मिती सार्ने कथा त पुरानै हो।


ताजा खबर