‘खजुरे ब्रो’ आजबाट रिलिज

सुरज सुनुवारको निर्देशनमा तयार भएको फिल्म ‘खजुरे ब्रो’ आजबाट रिलिजमा आएको छ । यो फिल्म आजबाट देशका ५० बढी हलमा रिलिजमा आएको हो । फिल्मलाई प्रदर्शकहरुले निकै कम शोज उपलब्ध गराएका छन् ।

यो फिल्मको बूकिङ पनि निकै कमजोर छ । बुधबारबाट बूकिङ खुलेपनि फिल्म हेर्नका लागि दर्शकले उत्साहजनक रुपमा टिकट काटेका छैनन् भने अधिकांश मल्टिप्लेक्समा फिल्मले एक शोज मात्र पाएको छ । कमेडी जनरामा तयार भएको फिल्मले पैसा, मित्रता र श्रीमान–श्रीमतीको सम्बन्धको कथा भन्छ ।

फिल्ममा रेअर राई, नीति शाह महेश त्रिपाठी, नबिन मानन्धर लगायतका कलाकारको पनि अभिनय छ । यो फिल्मबाट नीति शाहले फिल्म क्षेत्रमा डेब्यू गरेकी छिन् । यसैले, नीति शाहको करिअरका लागि यो फिल्म महत्वपूर्ण छ ।


ताजा खबर