आजबाट ‘फर्की फर्की’ र ‘पूजार सार्की’ हलमा – तपाईंको रोजाइ कुन ?

आजबाट ‘फर्की फर्की’ र ‘पूजार सार्की’ हलमा – तपाईंको रोजाइ कुन ?बुधबार कमलपोखरीस्थित विग मुभिजमा भव्य प्रिमियरमा गरेको फिल्म ‘फर्की फर्की र पूजार सार्की’ सार्वजनिक प्रदर्शनमा आएको छ।

फर्की फर्की : अनमोल केसीको मुख्य भूमिका रहेको फिल्मले हिजो काठमाडौंमा भव्य प्रिमियरको आयोजना गरेको थियो भने अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको मुख्य भूमिका रहेको फिल्म ‘पुजार सार्की’ले मंगलबार दर्शकमाझ सर्बे शोको आयोजना गरेको थियो।

‘टाइम लूप’को प्रयोग गरिएको यो फिल्म लभ स्टोरी जनरामा निर्माण गरिएको हो। यो फिल्ममा पहिलोपटक नेपाल फरक शैलिमा निर्माण गरिएको छ।

प्रिमिएरमा फिल्मको कथा र मेकिङको सबैले खुलेरै तारिफ गरेका छन् । प्रिमिएरमा फिल्म हेरेका मेयर बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एउटा नयाँ स्वादको फिल्म । साँच्चिकै सुन्दर फिल्म ।’ प्रिमिएरमा मिडिया प्रतिक्रिया भने उनले दिएनन् । कमै फिल्म हेर्न बालेन ‘फर्की फर्की’ प्रिमिएरमै पुगेका हुन् ।

रोहित अधिकारी र ओम प्रकाश अग्रवालको निर्माण रहेको फिल्ममा सुयोग गुरुङको लेखन तथा निर्देशन छ। फिल्मको अस्ट्रेलिया, अमेरिका लगायतका देशको अधिकार निर्माता अधिकारीकै कथा रहेको फिल्मको सह–निर्मातामा मनोज वली र राम न्यौपाने रहेका छन् ।

नरेन्द्र मैनालीको छायाङ्कन, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत रहेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व छ । यो फिल्ममा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याललगायत कलाकारको अभिनय छ ।

‘पुजार सार्की’: निर्देशक दिनेश राउतले निर्देशन गरेको यो फिल्मले जातीय र वर्गीय विभेदको कथालाई मिश्रित समाजको पृष्ठभूमिमार्फत प्रस्तुत गरेको छ। यो फिल्मले ‘जात होइन, मानवता’ भन्ने सन्देश दिने निर्देशक राउतले बताए ।

मङ्गलवार साँझ काठमाडौंको सिडिसि सिनेमा हलमा गरिएको दर्शक विशेष शो मा सय बढी दर्शकको उपस्थिति रहेको थियो। त्यहाँ ‘पुजार सार्की’का कलाकारहरूले पनि फिल्म हेरेका थिए। दर्शक छनोट गर्दा नेपाली फिल्मलाई एकदमै प्रेम गर्ने, ‘पुजार सार्की’ हेर्न व्यग्र प्रतीक्षा गरिरहेका, पहिलो रोजाइमा ‘पुजार सार्की’ भएका लगायतको दृष्टिकोण राखिएको थियो।

मङ्गलवार फिल्म हेरेका दर्शकले यो फिल्मलाई अत्यधिक रुचाएका छन्। यी दर्शकबाट यस फिल्मको विषय, कलाकारहरूको सशक्त अभिनय, प्रदीप खड्काको बेजोड भूमिका, आर्यन सिग्देल तथा पल शाहको फरक भूमिका तथा निर्देशकिय क्षमताको खुलेर तारिफ भएको छ।

विकास सुवेदीको लेखन रहेको यो फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली, परीक्षा लिम्बू, पल शाहलगायत कलाकारको अभिनय छ ।


ताजा खबर