सकियो धीरज र उपासनाको ‘खुस्मा’को छायांकन

अभिनेता धीरज मगर र अभिनेत्री उपासनासिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्म ‘खुस्मा’को छायांकन सकिएको छ । फिल्मको छायांकन सुरु गरेको दिनदेखी पहिलो चरण र दोश्रो चराण गरी ४० दिनमा छायांकन सकिएको निर्माणपक्षले जनाएको हो।

आगामी असोजको ३ गतेबाट प्रदर्शन हुने यो फिल्मको पहिलो चराणको छायांकन मनाङमा र दोस्रो चराणको छायांकन पूर्वी रुकुममा गरिएको निर्माणपक्षले बताएको छ। फिल्मको अब एउटा गीतको मात्र छायांकन गर्न बाँकी छ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्म मगर समुदायको परिवेशमा निर्माण भएको फिल्म हो। यो फिल्मले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमको कथालाई प्रस्तुत गर्छ ।

अशोक थापा मगरको लेखन तथा निर्देशन रहेको यो फिल्ममा माओत्से गुरुङ, खड्गबहादुर पुन, सुजाता राई, विजय सुब्बा, राजा थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय छ ।

काफिया फिल्म्सले वितरण गर्ने यो फिल्ममा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगरको निर्माण, सह–निर्माता मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी, मोहन राई कार्यकारी निर्माता, दीपक बज्राचार्यको छायांकन, एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना छ ।


ताजा खबर

No comments to show.