चलचित्र ‘ह्यारी कि प्यारी’को दोस्रो गीत ‘मिठो मिठो’ सार्वजनिक

आगामी माघ २० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ह्यारी कि प्यारी’को दोस्रो गीत सार्वजनिक गरिएको छ। बुघबार चलचित्रमा समावेश ‘मिठो मिठो’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो।

सार्वजनिक गीतमा युग भुषालको संगीत तथा निर्देशक डाक्टर कपिल रिजालको शब्द रचना रहेको गीतमा सौरव दास र देवाञ्जली वी जोशीको स्वर सुन्न सकिन्छ। चलचित्रको गीतमा मुख्य अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र जितु नेपाल फिचर्ड छन्।

बिआर प्रोडक्सनकको प्रस्तुतीमा निर्माण भएको चलचित्रमा साम्राज्ञी र जितुका अलवा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको छ। चलचित्रको एक गीतमा अभिनेत्री रेखा थापा विशेष भूमिकामा प्रस्तुत छिन्।

डाक्टर कपिल रिजालको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा रिजाल स्वयंमको कथा तथा निर्देशन, सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यू निरवीको पटकथा र संवाद लेखन रहेको छ। दन्त चिकित्सक डाक्टर कपिल रिजालले यही चलचित्रबाट निर्देशनमा डेब्यू गर्दैछन्।

चलचित्रमा डाक्टर भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौलाको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ।

सुदीप बरालको छायांकन गरेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन्। विजय बस्यालले पोस्टर डिजाइन गरेकको चलचित्रको पोष्ट प्रोडक्सनको सम्पुर्ण मुम्बईमा गरिएको हो।


ताजा खबर

No comments to show.