‘गुलाबी’को फस्टलुक पोस्टर सार्वजनिक, नाजिर ट्रान्सवुमनको भूमिकामा देखिदै

अभिनेता नाजिर हुसेनको मुख्य अभिनय रहेको चलचित्र ‘गुलाबी : एक रङ’को पहिलो पोस्टर सार्वजनिक भएको छ ।

समुन्द्र भट्टको निर्देशनमा तयार यो चलचित्रमा अभिनेता नाजिर ट्रान्सवुमनको भुमिकामा देखिएका छन् । सार्वजनिक पोष्टरमा नाजिरलाई गाजल टिकी र नथिया लगाएर गम्भिर मुद्रामा रहेको देख्न सकिन्छ । यसपटक नाजिरले आफूलाई अब्बल कलाकार पुष्टी गर्ने अनुमान समेत गर्न सकिन्छ ।

नेपालमा पहिलो पटक पूर्ण रुपमा ट्रान्स स्टोरीमा निर्मित यस चलचित्रका लागि नाजिरले १६ केजी तौल समेत घटाएका छन् । नाजिरले यो लुक्सका लागि एक वर्षसम्म पारालिंगी महिलासँग संगत गरे । चरित्र निर्माणका लागि उनले क्लबदेखि सपिङ मलसम्म उनीहरुलाई पछ्याए ।

चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन । निकट भबिस्यमै रिलिज हुने चलचित्रमा नाजिर गुलावी पात्रको मुख्य भूमिकामा देखिनेछन भने, अभिनेत्री संचिता लुइँटेलका साथमा सुशिल सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारी लगायतका कलाकार पनि यस चलचित्रमा देख्न सकिन्छ ।

द स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित गुलावीलाई आलोक शुक्लाले छायांकन गरेका हुन भने संगीत भने लेखु सहयात्री र सान भुषालले भरेका छन ।


ताजा खबर

No comments to show.