काठमाडौं । चलचित्र ‘जारी २’ पुनः सरेको छ । कात्तिक ६ गते रिलिज हुने भनिएको यो चलचित्र अब कात्तिक २१ गते रिलिज हुनेछ ।
मंगलबारमात्रै निर्माणपक्षले असोज ३ गतेबाट कात्तिक ६ गते रिलिज हुने जानकारी गराएको थियो । आज पुनः प्रदर्शन मिति सरेको निर्माता रामबाबु गुरुङले जानकारी दिएका छन् ।
‘जारी २’लाई उपेन्द्र सुब्बाले निर्देशन गरेका छन् । लेखक पनि उनी स्वयं हुन् ।
बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाका निर्माताहरू सफल निर्देशक रामबाबु गुरुङ र मधु मिजार, जीवन गुरुङ हुन् ।
चलचित्रमा दयाहाङ, मिरुना, विजय, बुद्धिसहित ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ ।
उपेन्द्रको डेब्यु निर्देशकीय सिनेमा ‘जारी’ २०८० सालको ब्लकबस्टर सिनेमा हो । सो वर्ष सिनेमाले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो । त्यसैले निर्माण घोषणा भएदेखि नै यो सिनेमालाई प्रतिक्षित सिनेमाको सूचीमा राखिएको छ ।