त्रिकोणात्मक प्रेममा ‘मैझारो’ टिजर

काठमाडौं । चलचित्र ‘मैझारो’को टिजर रिलिज भएको छ । निर्माण पक्षले सोमबार १ मिनेट ५८ सेकेण्डको टिजर रिलिज गरेको हो ।

सार्वजनिक टिजरमा किराती मौलिक प्रेमकथामा भावनात्मक सम्बन्धहरु देखाइएको छ ।

टिजरमा फिल्मका मुख्य कलाकार धिरज मगर, मिरुना मगर र दीया पुनबीचको त्रिकोणात्मक प्रेम देख्न सकिन्छ ।

इलामको दृश्यसँगै गाउँले परिवेशमा अभिनेता धिरज मगरलाई देख्न सकिन्छ । चिया बगानमा चिया टिप्न डोको बोकेकी मिरुना मगरलाई देख्न सकिन्छ ।

कात्तिक ७ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई विल्सन विक्रम राईले निर्देशन गरेका छन् ।

त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्म ‘मैझारो’लाई निर्देशक राईकै कथामा निर्माण भएको हो ।

चलचित्रमा धिरज, मिरुना र दियासँगै दयाहाङ राई, बुद्धि तामाङ, सुनील थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेनलगायतत कलाकारको अभिनय समावेश छ ।

‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत रहेको छ ।


ताजा खबर