काठमाडौं । दशैंको फूलपातीको अवसर पारेर असोज १३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘हरिबहादुरको जुत्ता’को तेस्रो अर्थात् नयाँ गीत सार्वजनिक भएको छ ।
चलचित्रको निर्माणपक्षले शुक्रबार ‘सुन्तलीमाई’ बोलको गीत सार्वजनिक गरेको हो ।
सार्वजनिक गीतमा समिक्षा अधिकारी र मोहितवंश आचार्यको स्वर रहेको छ भने पूर्व प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको शब्द रचना, वसन्त सापकोटाको संगीत, कुशल सिंहको एरेन्ज र श्याम श्वेत रसाइलीको मिक्सिङ्ग तथा मास्टरिङ्ग छ ।
विक्रम स्वाँरको कोरियोग्राफी रहेको सार्वजनिक गीतको भिडियोमा आर्यन सिग्देल, प्रकाश सपुत, वर्षा राउत लगायत फिचर्ड छन् ।
चलचित्रको कथा अनुसार तयार पारिएको गीतको भिडियोमा सिनेमाका मुख्ख कलाकार पनि प्रस्तुत छन् । गीतमार्फत उनीहरूले एकअर्काको रूप, गुण र स्वभावको प्रशंसा गर्दै प्रेमका भावना पोखेका छन् । आर्यन र वर्षा चलचित्रको यही गीतमा विशेष भूमिकामा देखिनेछन् ।
दिपेन्द्र के खनाल निर्देशित चलचित्र ‘हरिबहादुरको जुत्ता’मा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेको यो फिल्मको कथा हरिवंश आचार्य आफैंले लेखेका हुन् ।
चलचित्रमा कृष्णबहादुर थापाको छायांकन, नकुल खड्काको सम्पादन छ । वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको चलचित्रमा आशिष अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समीर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ ।