‘बिगुल’को शिर्ष गीत ‘मरुभुमीमा पानी जस्तै’ सार्वजनिक

चलचित्र ‘बिगुल’को गीत ‘मरुभुमीमा पानी जस्तै’ सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा युवराज चौलागाईं र अनु चौधरीको स्वर छ ।

गीतमा युगल जोडीको प्रेम र एकअर्काप्रतिको समपर्ण छ । प्रेममा रहेको युवा र युवतीले एकले अर्कालाई दिएको प्रेम छ । युवतीको शिलस्वभाव र निडरपन देखेर जिन्दगी नै उसैप्रति जीवन समपर्ण गरेको युवकको कथा गीतमा छ । आफ्नो तारिफ गरेर आफैप्रति समर्पित गरेपछि युवतीले पनि उसको प्रेम स्वीकार गरेको कथा गीतमा छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नरेन खड्का र बेनिशा हमाल छन् । चलचित्रलाई निर्देशन रमेश कोइरालाले गरेका छन् ।

मौनता श्रेष्ठको लेखन रहेको सिनेमामा कल्पना पौडेल प्रस्तुतकर्ताका रूपमा रहेकी छन् ।


ताजा खबर