‘बोक्सीको घर’को सफलतापछि ‘पेट्रोल पम्प’ बनाउँदै केकी

काठमाडौं । गत वर्ष नेपाली सिनेमा उद्योगलाई ‘ब्लकबस्टर’ सिनेमा दिएको ‘बोक्सीको घर’को टिम नयाँ चलचित्र निर्माणको सहकार्यमा जुटेको छ । अभिनेत्री केकी अधिकारी र निर्देशक सुलक्षण भारतीको टिमले नयाँ चलचित्र ‘पेट्रोल पम्प’ निर्माणको घोषणा गरेको हो ।

“बोक्सीको घर रिलिजको समयमा हामीले कुनै इन्ट्रेस्टिङ प्रोजेक्ट र समय मिलेको खण्डमा हामी पुनः सहकार्यमा जुट्ने छौँ भनेका थियौँ,” केकीले भनिन्, “त्यो समय अहिले पेट्रोल पम्ममार्फत आएको छ ।”

चलचित्रलाई सुलक्षण भारतीले निर्देशन गर्नेछन् । चलचित्रमा कथा पनि निर्देशक सुलक्षणले नै लेखेका छन् । प्रोडुसर भने केकी अधिकारी हुनेछिन् । यसअघिको चलचित्र ‘बोक्सीको घर’मा पनि लेखक तथा निर्देशक पनि सुलक्षण नै थिए । प्रोडुसरमा केकी नै थिइन् ।

सोसल ड्रामा चलचित्र ‘पेट्रोल पम्प’ विसं. २०८३ मा रिलिज हुनेछ । चलचित्रमा को–को कलाकार हुनेछन् भन्ने निर्माणपक्षले खुलाएका छैन ।

“पेट्रोल पम्पमा को–को कलाकार रहनेछन् भने हामी केही समयमा विस्तृत जानकारी दिनेछौँ । प्राविधिक पनि को–को हुनुहुनेछ हामी विस्तारै जानकारी दिँदै जानेछौँ,” केकीले भनिन् ।

‘बोक्सीको घर’मा भने केकी र सुलक्षण दुवैले अभिनय गरेका थिए । केकी मुख्य भूमिकामा थिइन् ।

बद्री अधिकारी निर्माता रहेको ‘बोक्सीको घर’ले नेपाली बक्सअफिसमा ११ करोडभन्दा माथि ग्रसकलेक्सन गरेको थियो । केकीको पहिलो निर्माण नै बल्कबस्टर भएको थियो । यो सिनेमाको ‘बुझिन मैले’ गीत भाइरल भएको थियो ।

“हाम्रो पहिलो सिनेमा बोक्सीको घरमा हामीले जसरी नयाँ टेस्ट लिएर दर्शकमाझ आएको थियौँ । र दर्शकले मन पराउनु भएको थियो, त्यस्तै यो सिनेमामा पनि हामी नयाँपन दिने कोसिस गर्नेछौँ ।


ताजा खबर